चितवन २ मा पनि सुरु भयो मतगणना



चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि मतगणना सुरू भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार चितवन २ को मतगणना थालिएको हो ।

इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको आरोप लगाएपछि मतगणना समयमा सुरु हुन सकेन ।

कांग्रेस प्रतिनिधिहरुले मतगणना स्थलमा सीडीओ पौडेल आउन नहुने बताएका थिए । सीडीओले पनि मतगणना स्थलमा नजान सहमति जनाएपछि गणना थालिएको हो ।

चितवन २ मा मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच हुनेछ ।

मंसिर १० गते भएको निर्वाचनमा रास्वपा सभापति लामिछाने निकटतम प्रतिद्वन्द्वीले भन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउँदा लामिछानेले ४९ हजार २६१ मत पाएका थिए ।


क्लिकमान्डु