तनहुँ १ मा कांग्रेस उम्मेदवारभन्दा रास्वपाका वाग्ले ५ हजार ७१३ मतले अगाडि, एमाले तेस्रो



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवारको भन्दा ५ हजार ७१३ मतको अग्रता लिएका छन् ।

दिउँसो १:४५ बजेसम्म २० वडाको २७ हजार ४४ मतगणना सकिँदा डा. वाग्लेले १३ हजार ७४९, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३६ र एमालेका सर्वेन्द्र खनालले ४ हजार ३९५ मत पाएका छन् ।

बारा २ मा पनि मतगणना सुरु भइसकेको छ भने चितवन २ मा केहीबेरपछि सुरु हुनेछ ।


क्लिकमान्डु