बारा २ मा पनि मतगणना सुरु



बारा । बारा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को करैया गाउँपालिका र सुवर्ण गाउँपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

मध्याह्न १२ बजेदेखि सुरु गर्ने भनिए पनि दलले प्रतिनिधि पठाउन ढिला गरेका कारण करिब १ घण्टा ढिलो गरी गणना सुरु भएको हो ।

बारामा १ लाख ५ हजार २४८ मतदाता रहे पनि ६८ हजार ८८७ मत अर्थात ६५.४५ प्रतिशत मात्र मत खसेको थियो ।

बारा क्षेत्र नम्बर २ मा यसअघि जनता समाजवादी पार्टीका तर्फबाट विजयी भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्र खाली भएको थियो ।

बारा २ मा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडीआईजी रमेश खरेल, आम जनता पार्टीका तर्फबाट अरुण ज्ञवाली लगायत १० दल र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।


क्लिकमान्डु