नयाँ स्टकका लागि नेशनलले दियो आवेदन, कमोडिटीका लागि २ कम्पनी



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेशनल स्टक एक्सचेञ्ज अफ नेपालको आवेदन परेको छ ।

आवेदन दिने अन्तिम दिन आइतबार उक्त कम्पनीले नयाँ स्टकका लागि आवेदन दिएको हो । यसअघि शुक्रबार हिमालयन स्टकले आवेदन दिएको थियो।

नेशनल स्टकमा सिद्धार्थ ग्रुप, गैरआवासीय नेपाली, अग्नि ग्रुप लगायतको मुख्य लगानी रहेको छ । नेशनल स्टकको प्रस्तावित सञ्चालकमा दीपक तिमिल्सिना, महेश कुमार श्रेष्ठ, ऋषी अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी हुने भएका छन् ।

सर्वोच्च अदालतले नयाँ स्टक एक्चेञ्जलाई लाइसेन्स दिनका लागि बाटो खोलेपछि दीपक भट्टको समूह र गैर आवासीय नेपाली तथा नेपालका केही घरानाको प्रतिष्पर्धा चलेको छ ।

नेशनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी, कुल आचार्यको लगानी रहेको छ ।

यस्तै धितोपत्र बोर्डले वस्तु विनियम बजारका लागि पनि आवेदन माग गरेको थियो । आज आवेदन दिन अन्तिम समय हो । अहिलेसम्म मल्टी एसेट्स एण्ड डेरिभेटिम एक्चेञ् (म्याक्स) र मल्टी डेरिभेटिम एक्चेञ्जको मात्रै आवेदन परेको छ ।


क्लिकमान्डु