रविले लाइभमा भने- म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान केन्द्रमा पुग्दा आफूहरुमाथि अरु दलका कार्यकर्ताले धकेलाधकेल गरेको बताएका छन् ।

मतदान जारी रहँदा फेसबुक लाइभमा लामिछानेले आफू अरु मतदान केन्द्रमा जाने अवस्था नभएको बताएका छन् । उनले मतदानलाई शान्तिपूर्ण तरिका सम्पन्न गर्न अरू दलका कार्यकर्ताले आग्रह गरेका छन् ।

‘म पुग्दा त्यहाँ हाईहाई भन्ने हुटिङ गर्ने सामान्य कुरा गरेका थिए तर त्यसपछि अरू दलका कार्यकर्ताले हामीमाथि धकेलाधकेल गरे,’ लामिछानेले भने,‘म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन ।’

आफूहरु झडप र गुण्डागर्दीमा विश्वास नगर्ने उनको भनाइ छ ।

‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने ।


क्लिकमान्डु