३५ करोडको लागतमा चोभार कोल्ड स्टोर सञ्चालन
काठमाडौं । ३५ करोड लागतमा चोभार कोल्ड स्टोर सञ्चालनमा आएको छ ।
कृषीजन्य वस्तुहरुको सुरक्षित भण्डारण, बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्याउने उद्देश्यले निर्माण गरिएको चोभार कोल्ड स्टोर गत शनिबारदेखि सञ्चालनमा आएको हो ।
२५ सय मेट्रिक टन क्षमताको शित भण्डार टौदह, खहरेमा रहेको छ । उद्यमी कृष्ण भक्त श्रेष्ठ र सुशील सिंघलले ३५ करोडको लागतमा उक्त कोल्ड स्टोर सञ्चालनमा ल्याएका हुन् स्थानीय कृषकहरुलाई सेवा पुर्याउन कोल्ड स्टोर सञ्चालन गरिएको बताइएको छ ।