राष्ट्रियसभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २:३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु