९ महिनामा विकास बैंकको नाफा साढे ३ अर्ब, कसको कति ?



काठमाडौं । विकास बैंकहरुले साढे ३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । चालू आर्थिक वर्षको फागुनसम्ममा विकास बैंकहरुले ३ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएका हुन् । माघसम्ममा बैंकहरुले २ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

विकास बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले यस अवधिमा ८७ करोड रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनको विकास बैंकको दोस्रो नम्बरमा गरिमा परेको छ । गरिमाले ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, यस अवधिमा साइन रेसुङ्गाले ५५ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकले ४३ करोड, लुम्बिनी विकास बैंकले ३६ करोड रुपैयाँ, सांग्रिलाले २८ करोड रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड रुपैयाँ, मितेरी डेभलपमेन्ट विकास बैंकले ६ करोड रुपैयाँ र कर्णाली विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले १÷१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, कामना सेवा विकास बैंक, सिन्धु, साल्पा, सप्तकोशी, नारायणी र एक्सेल डेभलपमेन्ट बैंकको नाफा राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छैन ।


क्लिकमान्डु