नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तीय संस्थालाई गर्‍यो कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरुप हर्जाना लगाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गैरस्थलगत सुपरिवेक्षणका आधारमा हर्जाना स्वरुप जरिवाना तिराएको छ । सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम नगरेको भन्दै ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई हर्जाना लगाएको जनाएको छ ।

राष्ट्र बैंकको कारबाहीमा४ वटा विकास बैंक र २ फाइनान्स कम्पनी परेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक कारबाहीमा परेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन नगर्दाअसोजमा १७ लाख ९३ हजार ६४७ रुपैयाँ र कात्तिकमा ३ लाख ३५ हजार ४७४ रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै सिन्धु विकास बैंकले असोजमा सीडी रेसियो कायम नगरेको भन्दै ६ लाख ८२ हजार १२१ रुपैयाँ, नारायणीले असोज र कात्तिकमा सीडी रेसियो कायम नगरेको भन्दै असोजको ५ लाख ८ हजार २०० र कात्तिकको ३ लाख ४ हजार २२९, सप्तकोशीले असोज र कात्तिकमा सीडी रेसियो कायम नगरेको भन्दै असोजको ३० लाख ५९ हजार ३४४ रुपैयाँ र कात्तिकमा २२ लाख ७७ हजार ३०२ रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै नेपाल फाइनान्सले असोजमा सीडी रेसियो कायम गर्न नसकेको भन्दै १ लाख ४९ हजार ३६४ रुपैयाँ र कात्तिकमा सीडी रेसियो कायम गर्न नसकेको भन्दै ८० हजार ९८५ रुपैयाँ जरिवाना तिराएको छ ।


क्लिकमान्डु