भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ



काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजेल लिटरमा डेढ रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्य सुचिअनुसार निगमलाई आगामी १५ दिनमा ६० करोड रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण छ ।
यही मूल्य यथावत रहेमा पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजेल लिटरमा २ रुपैयाँ नाफा बस्ने निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा तले उत्पादक कम्पनीहरुले उत्पादक कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । यहिअनुसार आईओसीले हरेक १५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजेल,र मट्टितेलमा प्रति लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो । यसैगरी पेट्रोल लिटरमा ३ रुपैयाँले मूल्य घटाएको थियो । तर, अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढ्दो क्रममा रहेका कारण निगमले यस पटक मूल्य यथावत राख्ने जनाएको छ ।


क्लिकमान्डु