६९ करोड भ्रष्टाचार गरेको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध मुद्दा




काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पौडेलले ६९ करोड ८ लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको आरोपमा आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

केन्द्रले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टीङ प्रेस एन्ड प्रेसराइज्ड फिउल स्टेरेज टे‌कको खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी गरेको आयोगले जनाएको छ ।

बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको पाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।


क्लिकमान्डु