परराष्ट्रमन्त्री साउदले लिए शपथ



काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

साउद यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री भएका थिए । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचन साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।


क्लिकमान्डु