साढे ५ वर्षमा ५ लाखवटा नेक्सन गाडी बिक्री, विद्युतीयमा बढ्दो आकर्षण



टाटा मोटर्सले भारतीय बजारमा ५ लाखवटा नेक्सन विक्री वितरण गरेको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।

साढे पाँच वर्षको अवधिमै यसले सफलता हासिल गरेको कम्पनीले जनाएको छ । अझ उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख केवल सात महिनामा बिक्री भएको थियो ।

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ । सन् २०२० मा “फेसलिफ्ट”को आगमन पछि यसको वजार विस्तारले झन् तिब्र ढंगले अगाडि बढेको पाइन्छ ।

नेक्सन १२०० सय सिसिको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ । पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको “पिक टर्क”को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको “पिक टर्क”को क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र सिक्स स्पिड एटिएमको रुपमा रहेको छ ।

नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३०० , निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ। यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।

सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ। यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो एक प्रमुख कारण भएको कम्पनीले जनाएको छ ।

नेक्सनको विद्युतीय संस्करण पनि बजारमा अग्रस्थानमा रहेको छ । नेक्सन इभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडी हो ।

यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना रहेको टाटाले जनाएको छ । यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको “कर्भ अवधारणा”मा आधारित छ। १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति १२५ हर्सपावर बराबर हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु