एसएलएफमा महालेखाको प्रश्नः राष्ट्र बैंकका कारण बैंकहरु नाफामुखी भए



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तत्कालीन तरलता व्यवस्थापनका लागि दिने गरेको स्टयान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ) सुविधामा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले यस्तो प्रश्न उठाएका हो ।

महालेखाको प्रतिवेदनमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले तत्कालको तरलता समस्या सामाधान गर्न सुविधा लिइएको जनाए पनि उक्त अवधिमा ऋण तथा लगानी वृद्धि भएको, बढी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरेको देखिएकोले एसएलएफको सुविधा तरलता समस्या समाधानमा मात्र प्रयोग भएकोमा यकिन हुने अवस्था देखिँदैन ।’

महालेखाका अनुसार राष्ट्र बैंकले आर्थिक आव २०७६/०७७ मा ८३ पटकमा १ खर्ब ३ अर्ब, आज २०७७/०७८ मा १६७ पटकमा ३ खर्ब ६१ अर्ब र आव २०७८/०७९ मा ४ हजार ९०८ पटकमा ९१ खर्ब ७० अर्ब एसएलएफ सुविधा प्रदान गरेको छ ।


क्लिकमान्डु