आशा र राष्ट्र उत्थानबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् ।

यी कम्पनीहरुले चैत २९ गते मर्जरमा जाने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

आशा लघुवित्तको केन्द्रिय कार्यालय नुवाकोट, मदानपुरमा रहेको छ । यस्तै, राष्ट्र उत्थानको केन्द्रिय कार्यालय कार्भेपलाञ्चोक, बनेपामा रहेको छ ।

हाल राष्ट्र उत्थानको चुक्ता पुँजी २६ करोड रुपैयाँ र आशाको चुक्ता पुँजी ३८ करोड १६ लाख रुपैयाँ छ ।


क्लिकमान्डु