नयाँ वर्षमा क्लिफले नाइट बञ्जी गर्दै, समर्पण ब्याण्डको लाइभ म्युजिक पनि



काठमाडौं । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ ।
नयाँ वर्षको अवसरमा कम्पनीले विश्वकै दोस्रो हाइएस्ट नाइट बञ्जी आयोजना गर्ने घोषणा गरेको हो ।

साहसिक खेलकुदका पारखीहरूलाई नयाँ स्वाद दिनका लागि नाइट बञ्जी आयोजना गर्न लागिएको कम्पनीका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

साथै कम्पनीले लाइभ म्युजिकसमेत प्रस्तुत गर्नेछ । नयाँ वर्षको अवसर पारेर समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरिने कम्पनीका सञ्चालक कार्कीले जानकारी दिए । चैत्र ३० गते साँझ ६ बजे कार्यक्रम हुनेछ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।


क्लिकमान्डु