एफएनसीसीआई चुनावः १५ सय मत गन्दा संघईभन्दा उमेश १८३ मतले पछाडि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १५ सय मतको गणना सकिएको छ ।

हालसम्म मत गन्दा रामचन्द्र संघईले ५७९ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५०९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३९६ मत प्राप्त गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइरहेको छ ।


क्लिकमान्डु