एफएनसीसीआई चुनावः वरिष्ठ उपाध्यक्षको १४ सय मत गन्दा संघईकाे अग्रता कायमै, अन्जन र उमेशबीच कति मतान्तर ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १४ सय मतको गणना सकिएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले ५२४ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ४८३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३७८ मत प्राप्त गरेका छन् ।

अन्जन र उमेशबीच १०५ मतान्तर देखिएकाे छ भने संघई र अन्जनबीच ४१ मतकाे अन्तर देखिएकाे छ ।

हालसम्म केही मतपत्र बदर भएका छन् भने केही खाली देखिएका छन् ।

हाल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एसाेसिएटतर्फकाे मतगणना भइरहेको छ ।


क्लिकमान्डु