ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् ।

बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याज घटाउने निर्णय गरेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।

यसअघि ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेप ब्याज घटेसँगै ९.९९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहने उनले बताए । त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।

बैंकको ब्याजदर घटाउनुपर्ने माग भइरहँदा प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले यसबारे छलफल भइरहेको बताएका थिए ।


क्लिकमान्डु