महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्‍ याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष मोहन बि.कले सयुक्त रुपमा जालवादेवि सेवा समितिका अध्यक्ष हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गरे ।

त्यसैगरि बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो । सुदुरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गरे ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु