गभर्नरले १० प्रतिशत ब्याजदर घटाउन समर्थन जनाउनुभएको छ: अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले ब्याजदर घटाउने विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समर्थन जनाएको बताएका छन् ।

प्रधानमन्त्रीसँगको सोमबारको बैठकमा सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिए पनि गभर्नर अधिकारी १० प्रतिशत ब्याजदर घटाउने पक्षमा देखिएका हुन् ।

ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको अध्यक्ष गोल्यानले बताए । ‘यो ब्याजदर नेपाली उद्योगी व्यवसायीले बहन र सहन गर्न सक्दैनन्,’ भेटबारे जानकारी दिन मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

अहिले बैंकमा लगानीयोग्य रकम भए पनि लगानी गर्न मनोबल कमजोर भएको गोल्यानको भनाइ छ । ‘लगानी गरे पनि भोलि नउठने हो कि भन्ने चिन्ता बैंक व्यवसायी दुवैमा छ,’ उनले भने ।


क्लिकमान्डु