आवासमा परेको असर समाधानका लागि सम्बन्धित पक्षसँग सहमति भइसकेको छ: समिट होटल



काठमाडौं । समिट होटलले ललितपुरस्थित होटल रहेको स्थानमा समिट रेसिडेन्सी निर्माणका क्रममा जमिन भासिइ स्थानीयको आवासमा समेत असर परेको विषयमा समस्या समाधानका लागि सम्बन्धित पक्षसँग सहमति भइसकेको जनाएको छ ।

समिट होटल प्रालिका प्रोजेक्ट संचालक संचित श्रेष्ठले विज्ञप्ति जारी गर्दै सहमति अनुसार आगामी काम अगाडि बढाइने जानकारी दिएका छन् ।

‘ललितपुर महानगरपालिका वडा नम्बर १, कोपुण्डोल हाइटमा साविक समिट होटल रहेको स्थानमा समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरणमा निर्माणस्थलको जग्गाको ‘पाइल प्रोटेक्सन’को काम चलिरहदा चैत २५ गते साइटको पूर्वदक्षिणतर्फको केही जमिन भासिन गई स्थानीयवासीको आवासमा समेत असर परेकाले उक्त समस्या देखिए लगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहवरमा छलफल गरि समस्या समाधानकालागि सहमति भइसकेको र सोही सहमति अनुसार आगामी काम अगाडि बढाइने’विज्ञप्तिमा जनाइएको छ ।

परियोजनाको नक्सा सम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको होटलले जनाएको छ ।

साथै नक्सा र वातावरणीय प्रभाव मूल्यांकन सहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिने बारेमा नगरप्रमुखलाई जानकारी गराइ सकिएको श्रेष्ठले जनाएका छन् ।


क्लिकमान्डु