सेयर बजारमा गिरावट: यी हुन् कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको सुरुमा केही समय बढेको बजार सुरु भएको १५ मिनेटपछि ओरालो लाग्न थालेको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार ८.२८ अंकले घटेर परिसूचक १८६६.७९ बिन्दुमा रोकिएको छ ।
२६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ०.५४, निर्जीबन बीमा १.६९, ट्रेडिङ समूहको उपसूचक ४.०४ अंकले बढ्दा विकास बैंक ४२.१३, होटल ९.४१, जलविद्युत २८.५८, जीवन बीमा १८.६२, उत्पादन तथा प्रशोधन १९.३७, माइक्रोफाइनान्स १३.१४, अन्य समूहको उपसूचक १०.९७ अंकले घटेको छ ।
बजारमा गिरावट आउँदा पनि कालिन्चोक दर्शन, सिटिजन्स म्युचुअल फण्ड–२, ग्लोलब आइमई लघुवित्त, नाडेप लघुवित्त, नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । यस्तै सामालिंग पावर कम्पनी, खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको. सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल रिइन्स्योर र नबिल बैंक रहेका छन् ।