सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुन-चाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरी १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम भएकोमा बिहीबार १४ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु