सर्वोच्चद्वारा रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउनुको कारण माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चका न्यायायाधीश हरि फुयालको इजलासले वपक्षीसँग जवाफ माग गर्ने आदेश दिएको हो ।

अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेले नेपाल र अमेरिकाको राहदानी एकैसमयमा प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको भन्दै रिट दायर गरेका थिए ।

अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेस गर्नुपर्नेछ ।


क्लिकमान्डु