नवनियुक्त अर्थमन्त्री महत मन्त्रालय पुगे



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत सिंहदरबार पुगेका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयता शपथ लिएसँगै महत पदभार ग्रहणका लागि सिंहदरबारस्थित अर्थ मन्त्रालयल पुगेका हुन् ।

उनलाई मन्त्रालयका सचिव लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।


क्लिकमान्डु