नेपाली कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, खड्कासहित को-को जाँदै छन् सरकारमा ?



काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको कांग्रेसले आज साँझ मन्त्रीहरूको नाम टुंग्याएको हो ।

उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउद सहरी विकास, सिता गुरुङ भूमि व्यवस्था, डिगबहादुर लिम्बू कानुन, प्रकाशशरण महत अर्थ र मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्नेछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूको शपथग्रहण भोलि नै ३ बजे हुनेछ ।


क्लिकमान्डु