चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंग्यायो



काठमाडौं । नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते बेस्ने बैठकले निर्णय लिने बताए ।
त्यस्तै मन्त्रीहरुको चयनमा योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनलाई ध्यान दिने निर्णय भएको उनले बताए ।


क्लिकमान्डु