म गृहमन्त्री बन्नेबारे कुनै निर्णय भएको छैन: उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री बन्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारको नेतृत्व गरिहेको दल नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्ने समाचारहरु बाहिरिएका थिए । तर मन्त्री श्रेष्ठले अहिले सम्हालिरहेको मन्त्रालय परिवर्तन गरेर गृहमन्त्री बन्नेबारे कुनै निर्णय नभएको बताए । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको प्रतीक्षामा रहेको उनको भनाइ छ ।

‘गृहमन्त्रीका सम्बन्धमा के गर्ने भन्नेबारे मैले निर्णय गर्ने छैन, पार्टीको सिफारिस र प्रधानमन्त्रीको निर्देशनअनुसार काम गर्ने हो,’ उनले भने, ‘अहिले सरकारको मुख्य काम जुन छ,त्यसलाई प्रभावकारी रुपमा सम्पादन गर्न प्रधामन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ भन्ने लाग्छ, त्यो निर्देशनको प्रतिक्षामा छु ।’


क्लिकमान्डु