सार्वजनिक रुपमा देखा परे चिनियाँ अर्बपति ज्याकमा



काठमाडौं । लामो समयदेखि सर्वसाधारणको नजरमा नपरेका चिनियाँ अर्बपति ज्याकमा चीनको हांगझोऊस्थित एक स्कुलमा देखा परेका छन् ।

चिनियाँ सरकारसँगको विवाद तथा त्यसपछिका विभिन्न घट्नाक्रमपछि ज्याकमा सार्वजनिक रुपमा देखा परेका थिएनन् । उनको सार्वजनिक उपस्थिति पछिल्लो समय शून्य भएको थियो ।

तर, उनलाई हालै चीनमै देखिएको छ । उनकै स्वामित्व रहेको सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टकाअनुसार उनी हाल चनि फर्किएका हुन् । ज्याकमा पछिल्लो समय चीनभन्दा बाहिर थिए ।

सन् २०२० मा ज्याकमाले चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएका आर्थिक नियमहरुको आलोचना गरेका थिए । त्यसपछि उनी सार्वजनिक रुपमा कम देखिन थालेका थिए ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार उनी केही समय हङकङमा बसेका थिए । सँगै उनले कृषि क्षेत्रको जानकारी लिनका लागि विभिन्न देशको यात्रा पनि गरेको उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ ।


क्लिकमान्डु