मञ्जु थपलिया कोषमा आबद्ध हुने वैदेशिक रोजगारीमा रहेकी पहिलो श्रमिक



काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरालमा रहेका मञ्जु थपलिया सामाजिक सुरक्षा कोषमा आबद्ध हुने पहिलो श्रमिक बनेकी छन् ।

सामाजिक सुरक्षा कोषले बुधबारदेखि विदेशमा रहेका नेपाली श्रमिक पनि आबद्ध हुनसक्ने व्यवस्था गरेपछि थपलिया वैदेशिक रोजगारीमा रहेर कोषमा आबद्ध हुने पहिलो नेपाली बनेकी हुन् । बुधबार आयोजित कार्यक्रममा कोषले उनी आबद्ध भएको जानकारी दिएको हो ।

काभ्रे घर भएकी थपलिया २ हजार २ रुपैयाँ कोषमा जम्मा गर्दै आबद्ध भएकी छन् । सरकारले गत मंसिर २५ गते नै वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि जारी गरेको थियो ।

उक्त कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिले ९० दिनपछि लागू हुने व्यवस्थाअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।


क्लिकमान्डु