चैत १० गतेसम्म सरकार बिस्तार हुन्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्ममा सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारको बारेमा छलफल गर्ने बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु’प्रधानमन्त्रीले भने । सरकार बिस्तारमा कुनै पनि असहजता नहुने उनको भनाइ थियो ।


क्लिकमान्डु