उपराष्ट्रपति पदका लागि मतदान सुरु



काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा १० बजेदेखि मतदान सुरु भएको हो ।

संघ तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा एमालेका राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला-बेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनमा नेकपा एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभातर्फ ५ सय ५० मतदाता कायम छन् । मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्रअगाडि पंक्तिबद्ध भएका थिए ।

मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अबधिकृतको कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु