केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा



काठमाडौं । ईओएल प्रालि, नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ ।

केन्ट पर्ल स्टार आरओ वाटर प्युरिफायर हो जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ ।

यसले आरओ+यु.भी.+यु.एफ.+टि.डि.एस. नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १००% शुद्ध बनाउन प्रयोग गर्दछ ।

यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।

यस शुद्धीकरणले परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । साथै, यसमा झन्झट मुक्त सफाई र स्वच्छ उपभोगको लागि पारदर्शी भण्डारण ट्याङ्की छ जुन झिकेर सफा गर्न सकिन्छ । यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई शुद्ध गर्नको लागि उपयुक्त छ ।
केन्ट पर्ल स्टारको बजारको मूल्य ४९,९९० रुपैयाँ रहेको छ ।

केन्ट क्रिस्टल स्टार


क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ। यसले आर. ओ. + यु. भी. को बहुविध शुद्धिकरण प्रक्रिया प्रयोग गर्दछ। यु. एफ.+ टि. डि. एस. कन्ट्रोलले पानीलाई १००% शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्दछ। साथै, यसको भण्डारण ट्याङ्कीमा रहेको यु.भी. एल.ई.डी.ले शुद्ध पानी ब्याक्टेरिया मुक्त र शुद्ध राख्दछ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ । केन्ट क्रिस्टल स्टारको बजारको मूल्य रू. ४८,९९० रहेको छ ।

केन्ट क्रिस्टल प्लस

केन्ट क्रिस्टल प्लस आर. ओ. + यु. भी. + यु. एफ.+ टि. डि. एस. कन्ट्रोल + ट्याङ्कीमा भएको यु.भी. लाइटद्वारा शुद्धिकरण प्रक्रिया भएको नेक्स्ट जेन आर. ओ. वाटर प्युरिफायर हो। यो अत्याधुनिक प्युरिफायरले तपाईं हरेक पटक १००% शुद्ध पानी प्राप्त गर्दै हुनुहुन्छ भन्ने सुनिश्चित गर्दछ । मिनरल आर.ओ.टीएम टेक्नोलोजीले सुसज्जित, यो प्युरिफायरले इनबिल्ट टि. डि. एस. कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्दछ। केन्ट क्रिस्टल प्लसको बजारको मूल्य रू. ३५,९९० रहेको छ ।

केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूए को अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।


क्लिकमान्डु