देशको भुक्तानी सन्तुलन १ खर्ब ३३ अर्बले बचतमा



काठमाडौं । नेपालबाट बाहिरिने विदेशी मुद्राभन्दा नेपाल भित्रिने विदेशी मुद्रा १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बढी भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनअनुसार देशबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा उल्लेख्यरुपमा बचत भएको हो ।

आयातमा गरिएको प्रतिबन्ध र कडाइका कारण देशको भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर स्थिति उल्लेख्य मात्रामा बचतमा रहेको हो । जबकी, गत आर्थिक वर्षको माघ मसान्तमा भुक्तानी सन्तुलन २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

शोधनान्तर स्थिति घाटामा गएपछि सरकार र राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध र कडाइ गर्ने नीति लिएको थियो । उक्त नीतिले देशभित्र आर्थिक संकुचनको अवस्था सिर्जना गरेपनि बाह्य स्थितिमा भने उल्लेख्य सुधार देखिएको हो ।


क्लिकमान्डु