प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी जारी गरेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दाका विषयमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । यस्तो जवाफसहित प्रधानमन्त्री आफैं वा वारेसमार्फत् उपस्थित हुन आदेश दिएको हो ।

‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय र परिपूरण सम्बन्धी कानूनी उपचारका सन्दर्भमा प्रस्तुत रिट निवेदन पर्न आएको कुरा निवेदन व्यहोराबाट देखियो । तसर्थ यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १ ले आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत र अन्य प्रत्यर्थीहरूले महान्यायाधिवक्ताको कार्यालय मार्फन लिखित जवाफ पेश गर्नु’ सर्वोच्चको आदशेमा भनिएको छ ।


क्लिकमान्डु