प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर रिटको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो ।

न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले प्रचण्डविरुद्धको मुद्दा हेर्न नभ्याउने भएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेतले उत्प्रेषण परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

प्रचण्डलाई पक्राउ गरी कारबाही हुनुपर्ने आदेशको माग गर्दै मंगलबार रिट दर्ता भएको थियो ।


क्लिकमान्डु