सुन-चाँदीको मूल्य घट्यो



काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा बिहीबार १२ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु