माधव नेपाललाई समवेदना दिन पुगे ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन गएका छन् ।

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको शनिबार निधन भएको थियो । ओली नेपाललाई समवेदना दिन बुधबार शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन् ।

शंखमूलस्थित बबिन्स क्याफेको छैटौं तलाबाट खसेर सरोजकुमार उपाध्यायको निधन भएको थियो ।


क्लिकमान्डु