गठबन्धनको बैठक: के भयो निर्णय ?



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गरेका छन् ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ८ दलीय गठबन्धनको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।

उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए ।

‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ । प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ । एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । त्यही व्यवस्थापन सम्बन्धीका बारेमा छफल गरका छौँ । राष्ट्रपतिको मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढीसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ’ उनले भने ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए । सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।


क्लिकमान्डु