ऋणपत्र निष्काशन गर्न एनएमबि बैंकले पायो अनुमति, कति पाइन्छ ब्याज ?



काठमाडौ । नेपाल धितोपत्र बोर्डले एनएमबि बै‌कलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो छ ।

बै‌कले एनएमबि बै‌क (१० बर्ष १०‍.७५%, ‘एनएमबि डिबेन्चर १०.७५%-२०८९/२०९०) निष्काशन गर्न अनुमति पाएको हो ।

बैंकले निष्काशन गर्न लागेको ४० लाख कित्तामा १ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता सर्वसाधारणका लागि २ अर्ब ४० करोड रुपैयाँको २४ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

१० बर्ष अवधिको ऋणपत्रमा बार्षिक १०.७५ प्रतिशत ब्याज पाइनेछ । यसको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यपिटल रहेको छ ।


क्लिकमान्डु