भारतमा १८ घण्टामा बन्यो साढे २५ किलोमिटर सडक, वर्ल्ड रेकर्डमा राखिने



काठमाडौं । भारतमा १८ घण्टामा २५. ५४ किलोमिटर सडक निर्माण गरिएको छ ।

नेशनल हाइवे अथोरिटी अफ इन्डियाले हालसालै सोलापुर-विजापुर राजमार्ग अन्तर्गत २५.५४ किलोमिटरको सिंगल लेन सडक निर्माण कार्य १८ घण्टामा पूरा गरेको हो । यो सडक पूर्वाधारको रेकर्ड रहेको दाबी भारतीय सञ्चारमाध्यहरुको छ ।

केन्द्रीय मन्त्री नितिन गडकरीले २५.५४ किलोमिटर सडक १८ घण्टामा बनेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यो कामलाई ‘लिम्बा बुक अफ रेकर्ड’ मा दर्ता गरिने उनले उल्लेख गरेका छन् ।

ठेकेदार कम्पनीका ५ सय कर्मचारीले यसमा काम गरेका थिए । यसका साथै सडक निर्माणमा खटिएका सरकारी कर्मचारी, कामदारसहितलाई उनले धन्यवाद दिएका छन् ।


क्लिकमान्डु