सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा मंगलबार १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु