काठमाडौंको वसन्तपुरमा होलीको उल्लास (फोटो फिचर)



काठमाडौं । कोरोनाकालपछि होली मनाउन जानेहरुको घुइँचोले काठमाडौंको वसन्तपुर क्षेत्रमा रौनक छाएको छ । झन्डै ३ वर्षपछि निस्फिक्री होली मनाउन भेला भएकाहरुका कारण वसन्तपुर क्षेत्रमा बेग्लै उत्साह छाएको हो ।

विगतका २ वर्ष कोरोनाकै कारण होली मनाउन नपाएकाहरु गत वर्ष पनि डराइडराइ वसन्तपुरमा भेला भएका थिए । यसपटक भने वसन्तपुरमा भेला भएकाहरुले खुलेर होली पर्व मनाएका छन् । शुभकामना आदानप्रदान गर्दै रमाइलो गरेका छन् ।

होली खेल्न जानेहरुको भीडले न्युरोड र टुँडिखेलबीचको सडक अवरुद्ध नै भएको छ ।


क्लिकमान्डु