रोजगारीका लागि एकै महिनामा बिदेसिए ६४ हजार नेपाली



काठमाडौं । रोजगारीका लागि माघमा मात्रै ६४ हजार नेपाली युवा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ६४ हजार २८४ नेपाली १ सय देशमा रोजगारीका लागि गएका हुन् ।

माघमा बिदेसिनेमध्ये ३९ हजार १२४ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् भने २५ हजार १६० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । माघमा बिदेसिनेमध्ये ५८ हजार ४४७ जना पुरुष छन् भने ५ हजार ८३७ जना महिला छन् ।

नेपालीहरुको प्रमुख गन्तव्य मलेसिया जानका लागि माघमा १९ हजार ७८३ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये १८ हजार ९९७ जना पुरुष र ७८६ जना महिला छन् ।

मलेसियापछि कतारका लागि १२ हजार ७०४,  यूएईका लागि ९ हजार ७७०, साउदी अरबका लागि १० हजार ५७६ र कुवेतका लागि २ हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, बहराइन ७७१,  क्रोसिया ४७१, साइप्रस ४१७,  जापान ८८२,  माल्दिभ्स ४४५,  माल्टा २७० जना र ओमन ४०६ जना पुगेका छन् । पोल्यान्डमा ७०२ जना, दक्षिण कोरिया १७ सय ९७ जना र रोमनिया जानका लागि ८०४ जनाले श्रम स्वीकृति लिएका छन् ।


क्लिकमान्डु