नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना



काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने सहिद एवं अशक्त, अवकाश प्राप्त उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततिको सहयोगका लागि ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेको हो ।

जेहेन्दार विद्यार्थीलाई लक्षित गरी २५ लाख रुपैयाँको कोष स्थापना गरिएको हो । सम्झौतापत्रमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले अक्षय कोषबाट नेपाल प्रहरीका अमर/सहिद एवं अशक्त, अवकाश प्राप्त अधिकारीका सन्ततिलाई स्थापित अक्षय कोषले शैक्षिक जीवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा करिब १३ लाख ग्राहक छन् । बैंकका देशभर १२४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु र १६० एटीएम छन् ।

बैंकले सरकारी राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट पनि सेवा दिँदै आएको छ ।


क्लिकमान्डु