एनएमबी बैंकद्वारा ९ वटा सामुदायिक विद्यालयलाई डस्टबिन वितरण



काठमाडौं । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाके धुलाबारीमा १ सय वटा डस्टबिन वितरण गरेको छ । सामुदायिक विद्यालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनमा बानी बसाल्ने उद्देश्यका साथ धुलाबारी क्षेत्रका ९ वटा विद्यालयमा डस्टबिन वितरण गरिएको हो ।

कार्यक्रममा बैंकका एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो ।

एनएमबी बैंक २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त अग्रणी वित्तीय संस्था हो । बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको छ । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबी बैंकले देशभरका २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु