सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले बोनस नै १५ प्रतिशत दिने निर्णय गरेको हो ।

संस्थाले साविकको वोमी लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेका कारण कर मर्ज भएको २ वर्षसम्म कर छुट हुने भएका कारण बोनसमा कर लाग्दैन । तसर्थ कम्पनीले बोनस सेयर मात्रै दिएको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु