साहसिक पर्यटनको गन्तव्य द क्लिफमा प्रभु बैंकको एटीएम



साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले एक कार्यक्रमका बीच एटीएम उद्घाटन गरेका हुन् ।

एटीएम उद्घाटनमा क्लिफका प्रतिनिधिका साथै प्रभु बैंकका प्रतिनिधिको समेत उपस्थिति थियो । एटीएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको बताए ।

द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुस्मामा जिपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफेलगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । द क्लिप साहसिक पर्यटनको मुख्य गन्तव्यको रूपमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।


क्लिकमान्डु