लघुवित्तले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नुः राष्ट्र बैंक



काठमाडौं । लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी लिए उजुरी गर्न आग्रह गरेको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा नभएको उनको भनाइ छ ।

‘लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ’ जारी सूचनामा उल्लेख छ ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भन्ने गरिएको छ । यी संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् ।

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।


क्लिकमान्डु